प्रधानमन्त्रीले भेटे मधेस आन्दोलनका घाइते

a

आश्विन १९, २०७२- प्रधानमन्त्री सुशील कोइरालाले आज वीर अस्पताल पुगी तराई–मधेश र थारुहट–थारुवान आन्दोलनका घाइतेलाई भेटेका छन् ।
भेटमा कोइरालाले आन्दोलनका घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको बताएका थिए । कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार कोइरालाले घाइतेलाई उपचारमा कुनै जटीलता उत्पन्न भएको देखिएमा वा अप्ठेरो भएमा आफूलाई खबर गर्न भनेका थिए । उनले घाइतेको उपचारमा कुनै कमि हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए ।
घाइतेलाई भेट्न कोइरालासँगै वन मन्त्री महेश आचार्य, स्वास्थ्य मन्त्री खगराज अधिकारी, गृह सचिव सूर्य सिलवाल र स्वास्थ्य शान्तबहादुर श्रेष्ठ पनि गएका थिए ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment