a
![]() |
आश्विन १७, २०७२- दक्षिण अमेरिकी देश ग्वाटेमालाको राजधानी सहरनजिक भारी वर्षा र जमिन भासिँदा सयौं बेपत्ता भएका छन्। धेरै घर हिलो र ढुंगाले पुरिएका छन्।
उद्धारकर्मीहरूले भग्नावशेष खोतलेर बेपत्ता मानिसहरूको खोजी गरिरहेका छन्। एक गाउँबाट २६ वटा शव निकालिएको अधिकारीहरूले जनाएका छन्। राजधानी ग्वाटेमाला सिटीबाट १५ किमि टाढाको एक गाउँ नै भासिएको छ।
घटनास्थलमा पुगेका संवाददाताहरूका अनुसार भग्नावशेषमा पुरिएका केहीले परिवारलाई फोन र सन्देश पठाइरहेका छन्। घाइते र घरबारविहीनलाई अस्थायी शिविरमा पुर्याइएको छ।
a
![]() |


0 comments:
Post a Comment