a
|
आश्विन १९, २०७२- गुल्मीका तीन छुट्टाछुट्टै स्थानमा आज तिन व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
गुल्मीको जुनिया गाविसमा बिष सेवन गरेर, सदरमुकाम तम्घासमा बेबारिसे अवस्थामा र दोहोली गाविसमा भिरबाट लडेर मृत्यु भएको अवस्थामा तिन व्यक्ति फेला परेको प्रहरी निरिक्षक रामप्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार जुनिया ४ चिदिपानीमा ४४ वषिर्य सोमबहादुर खत्री, रेनपा ९ मा रेनपा ११ का ६५ वषिर्य जोगी भनेर चिनिने बोमबहादुर जोगी कुँवर र दोहोली ४ मा स्थानीय ३८ वषिर्य केशबराज खड्काको शब फेला परेको हो ।
जुनियाका खत्रीको शब फेला परेको स्थानमा तरकारीमा राख्न प्रयोग हुने विषादीको बोतल फेला परेको, रेनपा ११ का जोगी लामो समयदेखि परिवारबाट बिच्छेद भै तम्घासमा ज्याला मजदुरी गर्दै हिंड्ने गरेको र पछिल्लो समय क्षयरोगको बिरामी भएकाले तम्घासकै माईकाथान नजिकैको पौवामा मृत्यु भएको र दोहोलीका खड्का पनि परिवारबाट टाढा भएको र सधै मदिरा सेवन गरी हिंड्ने गरेकोमा सोमबार लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको उपचारका लागि तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
a
|
0 comments:
Post a Comment