जोगबनी नाकामा थप कडाइ, आलु र प्याज मात्र भित्रिँदै

a


कार्तिक २१, २०७२- भारतले विहार निर्वाचनपछि जोगबनी नाकामा कडाई सुरु गरेको छ । निर्वाचनकालागि बुधबार र बिहीबार नाका सिल गरिएको थियो । बिहीबार साँझदेखि ससल खुला गरेपनि जोगबनी भन्सारले इन्धन र तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ र व्यापारका सामान लिएर आएका कन्टेनर भित्रिन दिएको छैन ।

नाकाको सिल खुला गरेपछि यहाँबाट शुक्रबारदेखि आलु, प्याज, टमाटर सहित खुद्रा व्यापारिक सामान मात्र भित्रिएको विराटनगर भन्सारले जनाएको छ । जोगवनीदेखि फारविसगञ्जसम्म करिव १६ किलोमिटर सडकमा मालबाहक ट्रक, इन्धनका ट्यांकर, तेस्रो मुलुकका सामान बोकेका कन्टेनर रोकिएका छन् ।

भन्सार प्रमुख कृष्णबहादुर बस्नेतका अनुसार तर भारतीय समकक्षीले शुक्रबारदेखि आलु, प्याज र टमाटर मात्र छाड्दै आएको छ ।

भारतको अघोषित नाकाबन्दीपछि गएको बुधबारसम्ममा जोगबनी नाकाबाट १ सय ६० ट्यांकर पेट्रोल, ५ सय २९ ट्यांकर डिजल र १ सय ९७ बुलेट ग्यास भित्रिएको विराटनगर भन्सारको तथ्यांक छ । अहिले जोगवनी नाकामा ९० ट्यांकर पेट्रोलिमय पदार्थ रोकिएको नेपाल आयल निगमको क्षेत्रीय कार्यालयले जनाएको छ ।

अघोषित नाकाबन्दी गरेर जनजीवन कष्टकर भइरहेको बेला भारतले छोटी नाकाबाट पटका भने उल्लेख्य मात्रामा भित्रिन दिएको छ । मोरङसँग जोडिएका छोटी नाकाबाट भारतीय सुरक्षाकर्मीले दसैं, तिहार जस्ता महान पर्वमा खाद्यन्न लगायतका अति आवश्यकीय सामान आयातमा रोक्दै आएपनि पटका लगायतका सामान निर्वाध रुपमा भित्रिन दिएको पाइएको छ ।

इन्धन होइन पटका भित्रियो



तस्विर: माधव घिमिरे/कान्तिपुर
यसैबीच रंगेलीको बौका–चोप्राहा नाकाबाट रंगेली तर्फ ल्याउँदै गरेको खोर्सानी बम ४ सय ५० प्याकेट, चकलेट बम १० प्याकेट, रकेट बम ५ प्याकेट, झिरझिरे ठुलोसानो गरेर १ स ५९ प्याकेट सशस्त्र प्रहरी बल विओपी रंगेलीले शनिबार पक्राउ गरेको छ ।

विओपीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक बिदुर भट्टराईका अनुसार नाकाबाट अन्य सामान नभित्रिरहेको अवस्थामा ठूलो मात्रामा विष्फोटक पदार्थ भित्रिन सुरु भएको सुराकी पाएपछि सीमा क्षेत्रमा शनिबार सुरक्षा कडाई गर्दा उक्त परिमाणको पटका फेला परेको हो ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment