a
![]() |
काठमाडौं – भारतीय नाकाबन्दीको मारमा परेका नेपालीलाई राहतका साथै विकल्प दिन चीनले यसअघि सहमति भएका नाकाहरुलाई तत्काल मर्मत गर्दै अन्तर्राष्ट्रिय स्तरीकरण गर्ने भएको छ । नेपालसँग भन्सार सहजीकरण र सञ्चालनसम्बन्धी २० बुँदे सहमति गरेलगत्तै तिब्बत सरकार प्रमुख लोपस्याङ ग्याल्जेले नेपालतर्फका नाकालाई स्तरोन्नती गर्दै सूचारु गर्न कुनै कसुर बाँकी नराख्ने बताएको सन्देश पठाएका छन् ।
लोपस्याङ पाँच वर्षे मूल्यांकन समीक्षा बैठकमा सहभागी हुन बेइजिङ पुगेका छन् । उनले त्यहाँ नेपालमा बैठक बसेर फर्केका टोलीसँग भेटेका छन् । टोलीको निर्णयलाई उनले चिनियाँ वाणिज्य मन्त्रालय पुर्याउँदै सहयोग प्रक्रिया अघि बढाएको परराष्ट्र अधिकारीले जानकारी दिए, आजको कान्तिपुर दैनिकमा खबर छ ।
a
![]() |


0 comments:
Post a Comment