सरकारको विशेष आग्रहपछि हट्ला त नाकाबन्दी ?

a


मन्त्रिपरिषद्ले सीमामा पारवहन तथा आपूर्ति व्यवस्थामा लगाइएको अवरोध हटाउन भारत सरकारसँग आग्रह गर्दै विशेष प्रस्ताव पारित गरेको छ । विशेष प्रस्तावमा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन योगदान गर्न भारत सरकारलाई आग्रह गरिएको छ ।



मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीमाको अवरोध अन्त्य गरी औषधि, खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुको आयात–निर्यात नियमित गर्न भारतलाई आग्रह गरेको हो । विशेष प्रस्तावमा अवरोध खुला गरी दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन पनि भारत सरकारसँग आग्रह गरिएको छ ।

मन्त्रिपरिषद्ले आन्दोलनरत मधेसी दललाई बन्द र हड्ताल रोकी वार्ताको माध्यमबाट समस्या समाधानका लागि आग्रह गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद्ले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ, ‘तिहार, छठ र ल्होसारजस्ता चाडपर्वको सम्मुखमा बन्द र सीमामा धर्ना कार्य बन्द गरी जनताको जीवनयापन सामान्य बनाउन तथा वार्ताको सहज वातावरण सिर्जना गर्न सरकार आन्दोलनरत दलहरूलाई हार्दिक आह्वान गर्छ ।’

आन्दोलनका क्रममा घाइतेको नि:शुल्क उपचार व्यवस्था, झुटा ठहरिएका मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ भएको र मृतकका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय कार्यान्वयन भइसकेको पनि सरकारले स्पष्ट पारेको छ ।

विशेष प्रस्तावमा तराई र देशभरका जनतामा परेको मर्का र असुविधाप्रति दु:ख र चिन्ता व्यक्त गरिएको छ । संकटको अवस्थामा आमजनताबाट देखाइएको धैर्य, सद्भाव र सदाशयताका लागि सरकारले सबैलाई धन्यवाद व्यक्त गरेको छ । विद्यमान समस्या समाधान गर्न अधिकतम लचकताका साथ संवादको बाटोबाट शान्तिपूर्ण ढंगले अघि बढ्ने प्रतिबद्धतासमेत गरेको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment