नेपालको राष्ट्रिय झन्डा चिनाउन शिल्पकारले मुलुक भ्रमण गर्ने

a


काठमाडौँ – ‘नेपालीले नेपालको राष्ट्रिय झन्डा चिनौँ’ भन्ने नाराका साथ कुलेश्वरका लक्ष्मीनारायण शिल्पकारले आगामी मङ्सिरदेखि मुलुक भ्रमण गर्ने भएका छन्।

मङ्सिर १ गतेदेखि पूर्वको ताप्लेजुङदेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रा तय गर्न लागिएको जानकारी उनले बताए । “नेपालीले नेपालको झन्डा चिन्नुपर्छ र हरेक घरमा झन्डा फहराउनुपर्छ” भन्ने मान्यतालाई स्थापित गर्ने उद्देश्य आफ्नो रहेको शिल्पकारले रासस कार्यालयमा रासस प्रतिनिधिलाई बताए।

भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दीका कारण मुलुकको जनजीवन प्रभावित भएको र दैनिक उपभोग्य वस्तुको अभाव भएको अवस्थामा नेपालको पहिचान यात्रा सुरु हुन लागेको हो । ठूलो आकारको झन्डा बाकेर हिँड्दा धेरैले आफूलाई प्रेरणा दिएको र अभियानमा सहयोग गर्ने वचन दिएको समेत उनले सुनाए ।

उनी काठमाडौँ दरबार स्क्वायर क्षेत्रमा रहेको लक्ष्मीनारायणको मन्दिर९हाल ध्वस्त० अगाडि झन्डा फहराएर बस्न थालेको पनि लामै समय भयो । झन्डा पहराउन थालेपछि वसन्तपुर क्षेत्रमा झण्डाको कारोबार समेत बढेको स्थानीय व्यापारीले बताउने गरेका छन् ।

आफ्नै खर्चमा मुलुुक भ्रमण गर्न लागेका शिल्पकारले भ्रमणका क्रममा कसैले खानपानको व्यवस्था गरिदिए स्वीकार गर्ने र अरु कुनै पनि प्रकारको सहयोग नलिने बताए । ख्वौमा, भक्तपुरका स्थायी बासिन्दा९हाल कुलेश्वर, काठमाडौँ० शिल्पकार नेपालीका घर घरमा नेपाली झन्डा राख्नुपर्ने र राष्ट्रियताप्रति सचेत हुनुपर्नेमा जोड दिनछन् ।

हिमाल, पहाड र तराईको मनोविज्ञान खल्बलिएको अवस्थामा त्यसलाई एक सूत्रमा जोड्ने भनेको झन्डाले नै हो । झन्डा राष्ट्रको पहिचान हो । करिब छ महिनामा मुलुकका ७५ वटै जिल्लामा पुगेर नेपालको झन्डा फहराउने उनको योजना छ । धेरैले झन्डालाई धर्मसँग र कुनै अमूक पार्टीको विचारसँग जोडेकामा उनलाई दुःख लागेको छ । भन्छन् “राष्ट्रिय झन्डा कुनै पार्टीको हुन्न, विचारको हुन्न, यो त राष्ट्रको पहिचान हो, नेपालीको शान हो, मैलै यही सन्देश फैलाउन खोजेको हो ।”

जीवनको गोरेटोमा ५९ वसन्त गुजारेको बताउने शिल्पकारको अभियानले राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने अपेक्षा धेरैको छ । झन्डा बोकेर हिँड्दा धेरैले उनको अभियानलाई सार्थक अभियानका रुपमा लिने गरेका छन् । “सकारात्मक प्रतिक्रियाले आफूलाई खुसी बनाए पनि नकारात्मक प्रतिक्रिया आउँदा भने मन कटक्क दुख्छ” शिल्पकार थोरै गम्भीर बन्दै भने, “जे भए पनि मेरो अभियान राष्ट्रियताको अभियान हो, झन्डाको पहिचान स्थापित गर्ने अभियान हो ।”

चन्द्र सूर्यअङ्कित झन्डा नेपालको राष्ट्रिय झण्डा हो । विसं २०१९ अघि संविधानमा झन्डाको प्रबन्ध थिएन । त्यसपछिका सबै संविधानको अनुसूचीमा झन्डाका बारेमा प्रस्टसँग व्यवस्था गरिएको छ । विश्वको थोरै मौलिक झन्डामध्ये नेपालको एक हो । शान्ति, समृद्धि र पहिचानका रुपमा रहेको त्रिकोणात्मक झन्डाको महत्वलाई स्थापित गर्ने शिल्पकारको अभियानले नेपालीको शान नै बढाउनेछ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment