a
|
काठमाडौं–भरतको अघोषित नाकाबन्दी बिरुद्ध आज सिन्धुपाल्चोकको मेलम्चीमा हस्ताक्षर कार्यक्रम गरिएको छ । स्वतस्फूर्त रुपमा स्थानीयको सहभागितामा भएको सो कार्यक्रममा मेलम्ची नगरपालीका स्थनीय सहित विदेशी नागरीकले समेत हस्ताक्षर गरेका छन् ।
‘‘नेपाल भारत विवादको समाधान : सीमामा पर्खाल’’ भन्ने नाराका साथ मानवता र राष्ट्रियता विरुद्ध भारतद्धारा नेपालमाथी गरिएका सबैखाले क्रियाकलाप रोक्न नेपाल भारत सिमामा पर्खाल निर्माणको अभियानमा जुट्न संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाईनेछ ।
थप हस्ताक्षर चौतारामा पनि गरिने छ । नेपाल भारत सिमानाको १७०० किलोमिटरमा १२ फिट अग्लो र ३ मिटर चौडा भएको पर्खाल निर्माणको लागि लाग्ने खर्च प्रत्येक नागरिकका तर्फबाट आफूहरुले सरकारलाई दिईने नागरिकको भनाई छ ।
खुला सिमानाका कारण भारतले नेपालमाथी विभिन्न तरिकाले हेपाहा प्रवित्ति देखाएकाले आफूहरुले पर्खाल निर्माणको अभियान थालिएको स्थानीय पाण्डप अधिकारीले बताए ।
यस्तै संखुवासभाका नागरिकले पनि यस्तै प्रवृत्तिका माग राखेर ज्ञापनपत्र बुझाएका छन् ।
a
|
0 comments:
Post a Comment