a
|
कार्तिक २१, २०७२- उपप्रधान एवंम् महिला, बालवालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले भारतको आघोषित नाकाबन्दी नेपालबाट तराई टुक्राउने प्रयासको पहिलो चरण भएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले समग्र मधेस एक प्रदेश वा दुई प्रदेश भने पनि मधेसलाई नेपालबाट 'डिस ईन्ट्रीगेसन' गरेर आफू तर्फ गाभ्ने डरलाग्दो योजना भारतले बुनिरहेको बताए । 'यो नेपाल भारत दुबै मुलुकको स्थिरताको हितमा छैन,' उनले भने ।
मैनालीले ईन्दीरा गान्धीको शासनकाल सन् १९७५ मा 'रअ'का प्रमुख रहेका आरके यादवले आफ्नो पुस्तकमा त्यसबेलामा नेपालबाट तराईलाई छुट्याउन लागेको भनि लेखेका छन् भन्दै त्यसको खण्डन भातरबाट नभएकाले त्यसलाई सत्य बुझ्नुपर्ने बताए । उनले त्यही ढंगले अहिले भारत अघि बढेको आरोप लगाए ।
उनले मधेसमा दुई प्रदेश दिए नेपाल खण्डित हुने दावी गर्दै त्यो कुनै पनि हालतमा दिन नहुने बताए । उनीहरुले मागे जस्तो कैलाली कञ्चनपुर, सुनसरी, मोरङ्ग र झापा मधेस प्रदेशमा दिन नहुने उनको अडान थियो ।
a
|
0 comments:
Post a Comment