a
|
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले आफ्नो पार्टी सच्चा राष्ट्रवादी भएको दाबी गरेका छन् । उनले कांग्रेसलाई भारतीय दलाल देखाएर आफू राष्ट्रवादी बन्ने बाढी आएको बताए ।
कांग्रेस नगर समिति धरानले शनिबार गरेको कार्यक्रममा महामन्त्री सिंहले प्रश्न गरे, ‘कांग्रेस भारतीय दलाल भएको भए के संविधान निर्माण सम्भव थियो ?’ उनले कांग्रेसको अडानले नै संविधान बनेको पनि दाबी गरे ।
सिंहले तराई मधेसको समस्या समाधानका लागि कांग्रेसले आफ्नै नेतृत्वमा पहल गर्ने पनि जानकारी दिए । संसदीय बहुमतको दम्भ देखाउँदै एमाले एक्लै हिंड्न चाहेको आरोप लगाउँदै उनले कांग्रेस अहिले पनि सहमतिको पक्षमा रहेको उल्लेख गरे ।
महामन्त्री सिंहले पार्टीलाई कमजोर बनाउँदै आफू हिरो बन्ने प्रवृत्ति पार्टीभित्र बढेको बताए ।
a
|
0 comments:
Post a Comment