तपाईं केका लागि तिहारको प्रतीक्षा गर्नुहुन्छ ?

a

साप्ताहिकको मध्यपृष्ठमा तिहार स्पेसल ब्लोअप हेर्न ।
सामन्ती

आफूले मनाउँदै आएको चाड कुर्नैपर्‍यो नि ।
राजेश परियार

लक्ष्मी पूजा, भाइटीका अनि बत्तीको झिलिमिली हेर्न पाइने भएकाले तिहारको प्रतीक्षा गर्न मन लाग्छ ।
मन्जु लिम्बू

झिलिमिली बत्ती बाली अन्धकार हटाउन, सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँधिराख्न र दिदीभाइको अटुट सम्बन्ध कायम गर्न । यसले नेपाली–नेपालीबीचको भाइचारा अटुट राख्ने विश्वास छ ।
अनिमेष भावना मास्के

सबैतिर झिलिमिली देखिन्छ । घरहरू सजिएका हुन्छन् । सबैको अनुहारमा खुसी छाउँछ । त्यही भएर तिहारको प्रतीक्षा गर्न मन लाग्छ ।
सुशान्त शाही

के–को तिहारको प्रतीक्षा गर्नु ? तिहार त यसै पनि आउँछ नि । बरु हामी त चीनबाट कहिलेदेखि नियमित रूपमा पेट्रोल आउँछ भन्ने प्रतीक्षामा छौं ।
गाउँकी छोरी ।

दसैंको ओभर डोज मेटाउन ।
उत्तम श्रेष्ठ

लक्ष्मी पूजाका लागि ।
लक्ष्मी अधिकारी

भाइटीका अनि दीपावलीको झिलिमिलीका लागि ।
एकान्त प्रेमी

प्रतीक्षा नगरे पनि आइहाल्छ नि ।
जीवन न्यौपाने

अनेकन सामान किनेर व्यापारीहरूलाई धनी बनाउन ।
अनुप हमाल

बत्तीको झिलिमिली, देउसी–भैलो, दिदी–बहिनीबीचको आत्मीयता आदिका लागि ।
अमिस डी ढुंगाना

दिदीबहिनीहरूको हातबाट टीका थाप्न ।
सन्देश क्षेत्री

जबसम्म परजीवी भइन्छ तबसम्म कुनै पनि चाडपर्वको महत्त्व हुँदो रहेनछ, तर चाडपर्व त आइरहन्छन् । मनमा जे भए पनि बाहिरी रूपमा हाँस्नैपर्‍यो । आफू हाँसे मात्र दुनियाँ हाँस्छ ।
मधिसे केटो म

विशेष गरी देउसी हेर्न रमाइलो लाग्छ । यसपालि दाइभाइ टाढा छन् । मन त्यति खुसी छैन ।
इभान्जली खड्का बुढाथोकी

रमाइलो गर्नका लागि कुरिन्छ ।
अन्सन खत्री

पेट्रोलका लागि । किनभने तिहारपछि पेट्रोल पाइन्छ रे ।
अभय ठाकुर

बजार खुल्छ कि ? केही सरसामान किन्न पाइन्छ कि भनेर ।
दिनेश बराल

कलब्रेक खेलेर रमाइलो गर्न नि ।
सागर घिमिरे

दिदीबहिनीको हातबाट टीका र आशीर्वाद थाप्न ।
रिच म्यान

चेलीले दिने सेलरोटी अनि मिठाईका लागि ।
फूल मान्छे

झिलिमिली गाउँ–सहर, देउसी–भैलो अनि दाजुबहिनीको अभूतपूर्व मिलनका लागि ।
रूपेश साउद

तीनपत्ती र ओखरका लागि ।
आईबी थापा

उतिबेला देउसी–भैलो खेल्न, अहिले देउसी–भैलो खेल्न आउनेहरूलाई दक्षिणा दिन । भुराभुरीले भट्याएको, दक्षिणा मागेको, आशिष दिएको रमाइलो लाग्छ ।
टंक चौलागाईं

तिहारको वातावरणमा जुन ऊर्जा हावामा बग्छ त्यसको बेग्लै रमाइलो छ । झिलिमिली, भैली–देउसी, टीका अनि तास खेल्नुको मज्जा त छँदैछ ।
नारायण

विशेष गरी बत्तीको झिलिमिलीका लागि नै प्रतीक्षा गर्ने हो । तिहारले भ्रातृत्व र आत्मीयता पनि बाँड्छ ।
आस्था

झिलिमिली दियो, बत्ती बाल्न, देउसी–भैलो खेल्न भाइटीकाको प्रतीक्षा रहन्छ ।
जीवन

सेलरोटी खान अनि दिदीबहिनीको हातबाट भाइटीका थाप्न ।
मिलन श्रेष्ठ

यो पनि सोध्नुपर्छ र ? दिदीबहिनीको हातबाट टीका थाप्न नि ।
अनिश

देउसी खेल्नु, साथीभाइसँग रमाइलो गर्नु । यस्तै त हो नि ।
सरोज राई

घुमघाम गर्न पाइन्छ । घुमघामका लागि यो उपयुक्त मौसम पनि हो ।
सन्ध्या बस्नेत

राम्रा तस्बिर खिच्न पाइन्छ । मलाई त त्यसमै रमाइलो लाग्छ ।
स्वर्णिम शर्मा

घर जाने दिन छिटै आउँछ भनेर नि ।
भुवन

दसैंमा थापेको दक्षिणा सक्न तिहार कुरिन्छ ।
बिपिनकुमार भट्टराई

सबै जनाको भेटघाट हुन्छ । त्यसकै लागि त हो प्रतीक्षा गर्ने ।
सुदीप श्रेष्ठ

यो परदेशी जीवनमा तिहार त एउटा सपना मात्र हो । घरमा जस्तो परदेशमा कहाँ हुन्छ र ?
साजन लामा
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment