a
![]() |
लाहोर (पाकिस्तान)- पाकिस्तानको लाहोर सहरदेखि करिब ४५ किलोमिटर टाढा रहेको एक कारखाना भवन भत्किएर मृत्युु हुने व्यक्तिको सङ्ख्या २३ पुगेको छ ।
बुधबार साँझ भएको सो दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २३ पुगेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
भत्किँएको भवन भग्नावशेषबाट एक सय बढी व्यक्तिलाई उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए ।उक्त कारखाना भवन करिब दुई हप्ता अगाडि गएको ७.५ रिक्टर स्केलको भूकम्पले प्रभावित क्षेत्र हो ।
गत अक्टोबर २६ मा गएको यस भूकम्पबाट सो भवनको भौतिक संरचना क्षतिग्रस्त भएको हुनाले गत बुधबार पूरा भत्किएको अनुमान गरिएको छ ।
अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा अफगानिस्तानको हिन्द कुश इलाकालाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पमा परी पाकिस्तान र अफगानिस्तामा गरी करिब चार सय व्यक्तिले ज्यान गुमाएका पञ्जाव प्रान्तका मुख्यमन्त्री साहबाज सरिफले बताए ।
अधिकारीहरुका अनुसार सो भवन भत्किँदा त्यहाँ करिब १५० व्यक्ति कार्यरत रहेका थिए । तर त्यहाँ कार्यरत कामदारहरुका अनुसार भने सो घटना हुदाँ १५० भन्दा बढी व्यक्ति कार्यरत रहेका थिए ।
a
![]() |


0 comments:
Post a Comment