a
|
कार्तिक २१, २०७२- कांग्रेस महामन्त्री कृष्ण सिटौलाले आन्दोलन गरेर मात्रै संविधान संशोधन नहुने भन्दै संसदमा सहभागी हुन मधेसवादी दललाई आग्रह गरेका छन् । ‘दशगजामा बसेर संविधान संशोधन हुन्न, संसदमा आउनुस्’, उनले भने ।
सिटौलाले भारतको नाकाबन्दी कारण मुलुकको आर्थिक अवस्था धरासयी बन्दै गएको बताए । छिमेकी देशको आन्तरिक विवादलाई लिएर भारतले यसरी नेपाली जनतालाई कष्ट दिने कार्य गर्न नहुने उनको तर्क थियो ।
प्रेस युनियन मकवानपुरले शनिबार हेटांैडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिटौलाले भारतले नाकावन्दी गरेर असल छिमेकीपनमा चिसो पानी खन्याएको आरोप लगाए । ‘नाकावन्दी खोल्नका लागि कांग्रेसले आफ्नै ढंगले पहल गर्नेछ’, उनले भने,‘सरकारले गरेको पहलमा साथ पनि दिने छौ ।’
‘संविधान जारी गरेर नेपाली जनताले केही पनि गल्ती गरेका छैनन, तर छिमेकी मुलुकवाट नेपाली जनतालाई माथि किन दु:ख दिएको हो । वुझ्न सकिएको छैन’, उनले भने ।
संविधानमा भएका समष्याहरुको समाधान संसद वाहिरवाट हुन नसक्ने जिकिर गर्दै महामन्त्री सिटौलाले दशगजाको धर्ना छाडेर संसदमा आउन मधेसी दलका नेताहरुलाई उनले आग्रह गरे । वर्तमान सरकारलाई कांग्रेसले गुण र दोषको आधारमा समर्थन र विरोध गने उनले बताए ।
a
|
0 comments:
Post a Comment