उद्योग वाणिज्य संघको लेटरप्याड प्रयोग गर्दै मध्यरातमा ३४ सिलिण्डर ग्याँस तस्करी, १२ ग्याँस सिलिण्डर अध्यक्ष आफैंले राखेपछि संघका पदाधिकारीबीच झगडा

a


पोखरा – पोखरा उद्योग वाणिज्य संघको लेटरप्याड प्रयोग गर्दै पोखराका केही व्यापारीहरुले गएराति लेखनाथको गोगन गौडामा रहेको गृहलक्ष्मी ग्याँस उद्योगवाट ३४ सिलिण्डर ग्याँस लिएर मनपरी गरेको खुलासा भएको छ । संघका अध्यक्ष विन्दुकुमार थापाद्वारा हस्ताक्षरित चलानी नं. ३६८/०७२/०७३ को पत्र प्रयोग गरि अत्यावश्यक क्षेत्रको लागि जिल्ला इन्धन आपूर्ति व्यवस्थापन समितिले छुट्याएको ग्याँस मध्यरातमा मनपरी गरिएको हो ।

सो पत्रमा ग्याँस उद्योग संञ्चालक धर्मराज बर्तौलालाई सम्वोधन गर्दै ५० सिलिण्डर ग्याँस माग गरिएकोमा ग्याँस संञ्चालक बर्तौलाले मध्यरातमा ३४ सिलिण्डर ग्याँस व्यापारीलाई सुटुक्क दिएका थिए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव रबिन्सन प्रजुको गाडी प्रयोग गरि ती ग्याँस लेखनाथको गोगन गौडास्थित गृहलक्ष्मी ग्याँस उद्योगको डिपोवाट मध्यरातमा पोखरा ल्याइएको थियो । ल्याइएका ग्याँसमध्ये १२ सिलिण्डर संघका अध्यक्ष विन्दुकुमार थापाको नयाँबजारस्थित घरमा झारेपछि अन्य २४ सिलिण्डर ग्याँस पोखरा उद्योग वाणिज्यको कार्यालय गैहापाटनमा मध्यरातमा बाँडफाँड गरिएको छ ।
यसरी बाँडफाँड गरिएका ग्याँसमध्ये २१ सिलिण्डर ग्याँस संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीबाहेक २० जना सदस्यले १/१ वटा सिलिण्डर लिएका छन् । त्यसैगरी उद्योग वाणिज्य संघका ३ कर्मचारीलाई पनि १/१ वटा सिलिण्डर र संघका पूर्वअध्यक्ष १० जनाको नाम पारेर ल्याइएको ग्याँस सिलिण्डर मध्ये पूर्वअध्यक्षद्धय वसन्त उदास र सुरेशकुमार राजभण्डारीले १/१ वटा सिलिण्डर बुझेपछि संघमा ग्याँस नपाएका सदस्य र पूर्व अध्यक्षहरुका बीचमा खैलाबैला मच्चिएको हो ।

उद्योगवाट ३४सिलिण्डर ग्याँस लिएर आए पनि अध्यक्षले आफूकहाँ १२ सिलिण्डर झारेर २४ वटा मात्र सिलिण्डर ग्याँस आएको भन्ने जवाफ दिएपछि सदस्यहरु बीच वाक युद्ध भएको एक पूर्व अध्यक्षले बताए ।

पूर्व अध्यक्ष र सदस्यको आक्रोसपछि संघका अध्यक्ष थापाले १२ वटा ग्याँस सिलिण्डर आफैंले राखेको स्वीकार गरेका छन् । उनले ती सिलिण्डरहरु कास्की प्रशासन र क्षेत्रीयपशान कार्यालयका कर्मचारीलाई दिएको भन्दै उम्किने प्रयास समेत गरेका छन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment