जनताले अझै १० वर्ष दुःख पाउनुपर्छ – वाणिज्य महासंघ उपाध्यक्ष

a


काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले यो देश सुधार्नका लागि अझै १० वर्ष जनताले दुःख पाउनुपर्ने बताएका छन् ।

समयमा काम नगर्ने तर पछि पछुताउने सँधैको नेपालीको बानी भएकोले अझै १० वर्ष दुःख पाएमा बल्ल देश र जनता सुध्रने बताएका हुन् । ‘जहिले पनि समयमा काम नगर्ने र पछि पछुताउने हाम्रो बानी कहिल्यै सुध्रिएन’ कृषि पत्रकार प्रतिष्ठाने गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘यो देशका जनताले अझै १० वर्ष दुःख पाउनुपर्छ बल्ल आफू पनि सुध्रिन्छन, नेतालाई पनि सुधार्छन ।’
मन्त्री ज्यू २७ वर्ष देखि के हेरेर बस्नु भएको थियो ?
नेपालका नेताहरुको राष्ट्रियता भाषणमा मात्रै भएको उहाँको दावी छ । वास्तविक राष्ट्रिय हित सोँचेर काम गरेको भए २७ वर्ष पहिलाको नाकाबन्दीबाट पाठ सिकिसक्नुपर्ने तर त्यसो गर्न नसकेकोले देशमा यो समस्या आएको उनको दावी छ । ‘भारतले २७ वर्ष अघिपनि नाकाबन्दी गरेको थियो, मन्त्री ज्यू अहलिे राष्ट्रबादी बन्नुभयो बन्नुभयो, २७ वर्ष देखि के गर्नुभएको हो ?’ उनले भने ‘केहीदिनपछि नाखा खुल्यो भने त्यसपछि फेरी कानमा तेल राखेर सुत्छन् ।’
भारतले अघिल्लोपटक पनि नाकाबन्दी गरेको तर त्यसपछिका प्रधानमन्त्रीेले देशको लागि केही नसोँचेकोले यो समस्या दोहोरीएको उनले बताए । उपाध्यक्ष प्रधानले नेता र कर्मचारीले व्यवसायीलाई भ्रष्ट बनाएको आरोप लगाए । ‘जतिपनि कमिसन लिने अनि जति मूल्य बढाएपनि छुट दिने यीनै नेता र कर्मचारीले व्यवसायीलाई भ्रष्ट बनाएका हुन्’ उनले भने ‘उनीहरुले विछ्याएको जालबाट हामी उम्कन सकेनौँ, अव जाल काट्नुपर्छ ।’
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment