सरकार गिराउन मेहनत गर्नुपर्दन: सिटौला

a


कार्तिक २५, २०७२- कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसको सहयोगबिना संविधान कार्यान्वयन सम्भव नहुने बताएका छन् । सिटौलाले कांग्रेसको अगुवाईमा नयाँ संविधान जारी भएकोले कार्यान्यवनमा पनि आफ्नो पार्टी जिम्मेवार हुने प्रतिबद्धता ब्यक्त गरे ।

कांग्रेसको क्षेत्रीय समिति क्षेत्र नम्बर ७ झापाले बुधबार दमकमा आयोजना गरेको कार्यकर्ता भेटघाट र शुभकामना कार्यक्रममा सिटौलाले भने, ‘दशगजामा धर्ना दिएर मधेसको समस्या समाधान नहुने भएकोले वार्ता र संवादमा सरकार मधेसी दलहरुले जोड दिनुपर्छ ।’ मधेसको माग पुरा भएन भनेर नेपाल भारतको सिमानामा धर्ना दिंदा संविधान संशोधन नहुने र जनतालाई सास्ती दिएर जनताको अधिकारप्राप्ति नहुने उनले बताए । सिटौलाले संसदमा संविधान संशोधनका लागि सरकारलाई दबाब दिएर मधेसको समस्याको समाधान खोज्नु पर्ने बताए ।

कार्यकर्ताहरुको जिज्ञासाको जवाफ दिदै नेता सिटौलाले केपी शर्मा ओलीको सरकारले गरेको कामको गुण र दोषको आधारमा काग्रेसले सहयोग गर्ने दाहोर्‍याए । ‘दलगत स्वार्थ भन्दा माथि उठेर देशको शान्ति शुसासन कायम गर्ने पक्षमा काम गरे ओली सरकार कायम रहन्छ, एक पक्षीय ढंगले चले सरकार गिराउन कुनै मेहनत गर्नु पर्दैन,’ सिटौलाको भनाइ छ ।

कार्यक्रममा सहभागी कार्यकर्ताले आफूहरु जिल्ला ,नगर र गाउँमा बसेर कार्यकर्ता थाम्ने तर केन्द्रमा बसेर नेताहरुले कांग्रेस बिगार्ने काम गरेको गुनासो गरेका छन् ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment