एस्कर्टिङ्गमा रहेको ट्रकमा आगजनी

a


कार्तिक २५, २०७२- प्रदेश सिमाङ्कनमा परिवर्तन हुनुपर्ने मूख्य माग राख्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले बुधवार राति बिहान सप्तरीका एक ट्रकमा आगजनी गरेको छ ।

प्रहरी एस्कर्टिङ्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ५ ख ९१६२ नम्बरको मालबाहक ट्रकमा आन्दोलनकारीले सप्तरीको भारदह– १ स्थित पूर्व पश्चिम राजमार्ग खण्डमा आगजनी गरेको हो ।

आगजनीले ट्रक चालक रौतहटका विजय राई र सहचालक दिपेन्द्र खड्का सामान्य घाइते भएका छन् । बिहान २ बजेतिर नै प्रहरीले उक्त आगजनी भएको ट्रकलाई राजमार्गबाट हटाई बरमझियास्थित सशस्त्र प्रहरी दन्तकाली गणमा ल्याएर राखिएको छ ।

ट्रकमा आगजनी गर्न पुगेका आन्दोलनकारीहरुले सोही क्रममा दर्जनौं सवारीसाधनमाथि ढुंगा प्रहार गरी सिसा फुटाईदिएका छन् । यसअघि पनि सप्तरीको भारदहसहित राजमार्गको विभिन्न ठाउँमा बन्दको अवज्ञा गरेको भन्दै लगातार प्रहरी एस्कर्टिङ्गमा रहेको सवारीसाधनमाथि ढुंगा प्रहार गर्ने काम गर्दैआएको छ ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment