काँकडभिट्टाबाट ३४ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रियो

a


काँकडभिट्टा (झापा) – एक सातादेखि भारतीय नाका पानीट्याङ्कीमा रोकिएको ३४ ट्याङ्कर पेट्रोलियम पदार्थ आज साँझ पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिएको छ ।

काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आज साँझ ७ बजे २३ ट्याङ्कर डिजेल, आठ ट्याङ्कर पेट्रोल, दुई ट्याङ्कर मट्टितेल र एक बुलेट हवाई इन्धन नेपाल भित्रिएको हो ।

भारतीय नाकाबन्दीका कारण विगत एक सातादेखि काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रिन सकेको थिएन । रासस
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment