महाकालीमा जिप खस्दा बेपत्ता भएकाहरु खोज्न प्रहरी परिचालन

a


भीमदत्तनगर – दार्चुलामा भएको जिप दुर्घटनामा बेपत्ता रहेका चारजनाको खोजीकार्यमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

मङ्गलबार दार्चुलाको धापबाट सदरमुकाम खलङ्गा आउँदै गरेको म१ज १४० नंको जिप अपिनगरपालिका–१५ छट्टेबगड भन्ने ठाउँबाट महाकाली नदीमा खसेको थियो ।

दुर्घटनामा परी दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दार्चुलाको पस्तीका किसनसिंह धामी र अपि नगरपालिका–१२ का कैलाश सुनार रहेका छन् ।

“दुर्घटनास्थल पुगेका मृतकका आफन्त र स्थानीयवासीले जिपमा छजना सवार रहेको बताएका छन् ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले भने – “सोही आधारमा जिपमै अन्य चारजना हुनुपथ्र्यो भन्ने हो ।” उनले चारैजनाको खोजीकार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी मङ्गलबारदेखि नै परिचालन गरेको जानकारी दिनुभयो ।

“जिप पनि महाकालीमै तैरिएको अवस्थामा छ ।” उनले भने – “हामीले जिपभन्दा पनि बेपत्ताहरुको खोजीकार्यमा बढी जोड दिएका छौँ ।” जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment