एमाओवादीद्वारा जिल्लाका चार नेता निष्कासन

a


रत्ननगर (चितवन)-हालै पार्टीबाट अलग भएर नयाँ शक्ति निर्माणमा लागेका एनेकपा माओवादीका पूर्व वरिष्ठ नेता ड. बाबुराम भट्टराईको पक्षमा लागेको भन्दै एमाओवादी चितवनले चारजना नेतालाई निष्कासन गरेको छ ।

उनीहरुलाई पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।

उनका अनुसार यसरी निष्कासित भएकामा जिल्ला सदस्य रमेश रेग्मी अमर, विष्णुहरि तिमिल्सिना, जिल्ला परिषद् सदस्य उमाकान्त चापागार्इं, भरतपुर– ४ का अध्यक्ष कमलप्रसाद चापागार्इं रहेका छन् ।

पार्टीको नीति र निर्देशन विपरीत लागेकाले कारबाही गरिएको परियारले जानकारी दिए ।

केही दिनअघि भरतपुरमा डा बाबुराम भट्टराई सहभागी कार्यक्रममा उनीहरु सहभागी भएका थिए।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment