भारतमा तीन नेपालीको मृत्यु

a


कार्तिक २५, २०७२- भारतको सीमलाबाट मजदुरी गरी तिहार मनाउन घर फर्किदै गर्दा तीन नेपालीको दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा करिव ९ जना घाइते भएको बाँकेका प्रहरी उपरीक्षक बसन्तराज पन्तले बताए । मृत्यु हुनेमा जाजरकोट जिल्लाका हुन । उनीहरुको नाम खुल्न नसकेको उपरीक्षक पन्तले बताए । घाईतेहरुको उपचार लखिमपुर अस्तपालमा भइरहेको छ ।

मृतकको सनाखत र घाइेतेहरुको उपचारका लागि भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

गाडी रिजर्ब गरेर फर्किदै गरेका नेपाली सवार गाडी बुधबार दिउँसो भारतको लखिमपुर क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनाका प्रत्यक्षदर्शी जाजरकोटकै वीरेन्द्र नेपालीसहित ६ जना नेपालगन्ज फर्किको प्रहरीले जनाएको छ । नेपालीहरु चढेको गाडीलाई एक ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment