नाकाबन्दी अवसर: प्रधानमन्त्री

a


कार्तिक २५, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीका कारण नागरिकले भोगिरहेको संकटप्रति संवेदनशिल भएर समाधानको खोजी गरिरहेको बताएका छन् । नाकाबन्दीबारे अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकृष्ट गराउँदै समस्या समाधानमा वैकल्पिक उपायको खोजी गरिरहेको उनले बताए ।

१६ औं राष्ट्रिय विभूति फाल्गुनन्दको एक सय ३१ औं जन्मजयन्ति अवसरमा पाँचथरको रविमा बुधबार फाल्गुनन्दको सालिक अनावरण गर्दै प्रधानमन्त्रीले उत्तरी नाकालाई थप प्रभावकारी र क्रियाशील बनाउने बताए । आफूले नाकाबन्दीलाई अवसरको रुपमा लिएको भन्दै उनले ऊर्जा उत्पादनमा जोड दिएर केही वर्षभित्रै मुलुकलाई लोडसेडिङमुक्त बनाइछोड्ने प्रतिबद्दता जनाए ।

संविधान जारी गरी कार्यान्वयन गर्ने चरणमा थुप्रै चुनौतिको सामना गर्नु परिरहेको भन्दै प्रधानमन्त्रीले आफूले मुलुकको समृद्धिका लागि ठोस काम गरेर देखाउने उल्लेख गरे । फाल्गुनन्दले थालेको अभियान बाटो बिराएकालाई सुमार्गमा ल्याउन महत्वपूर्ण रहेको भन्दै उनले उहाँको जन्मजयन्तिमा अर्काे वर्षदेखि बिदा दिने घोषणा गरे । उनले जिल्लाको राँके–रवि–६ नं. बुधबारे, दमक–चिसोपानी–रविलगायतका सडक स्तरोन्नती गरी जिल्ल्लाको सडक, पर्यटन, विद्युत विकासमा सक्दो सहयोग गर्ने वचन दिए ।

कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले हिमाल, पहाड र तराईका सबै असन्तुष्ट पक्षलाई वार्ताकै माध्यमबाट समाधान खोज्न आग्रह गरे । कार्यक्रममा कानुनमन्त्री अग्नि खरेल र कांग्रेस नेता भिष्मराज आङदेम्बेले मुलुकलाई समस्या परिरहेको बेला सबै पक्ष एक ठाउँमा उभिएर मुकाबिला गर्नु पर्ने बताए ।
रविको कार्यक्रमअघि प्रधानमन्त्री ओलीले टोलीसाथ हेलिकप्टरबाट ताप्लेजुङको प्रसिद्ध पाथीभरा धार्मिक क्षेत्रमा पुगी पुजाआजा गरेको थियो । उनले सुकेटारमा कार्यालय प्रमुखहरुलाई निर्देशनसमेत दिए ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment