नाकाबन्दी खुलेको भनिए पनि इन्धन आएन

a


आश्विन १७, २०७२- भारतले लगाएको अघोषित नाकाबन्दी आजदेखि खुलेको भनिए पनि आज दिनभरि इन्धन आएन । भारतबाट नेपाल इन्धन आउने मुख्य नाकाहरुबाट आज दिनभरिमा पेट्रोल, डिजेल आएनन् । अहिलेसम्म इन्धनका नाममा १ बुलेट ग्यास मात्र अाएको छ ।

बिहानदेखि जम्मा ५४ वटा ट्रक आएपनि भैरहवा नाका दिउसो १ बजेपछि मधेसी मोर्चाका कार्यकर्ताको प्रदर्शनका कारण बन्द भयो । बिहानदेखि ट्रक आए पनि पेट्रोलको एउटा पनि ट्यांकर आएन ।
नेपालमा इन्धन आउने मुख्य नाका वीरगञ्ज बन्द नै रहेकाले यहाँबाट केही पनि सामान आएनन् । नेपालगञ्ज नजिकको भारतीय नाका रुपैडियाबाट १० मालबाहक अाए पनि इन्धन आएको छैन ।

यता पूर्वी नाका काकरभिट्टाबाट भने आइतबार साँझम्म ७० ट्रक र कन्टेनर आए पनि इन्धनको एउटा पनि गाडी भित्रिएन । शनिबार राति पनि यो नाकाबाट ७० वटा नै ट्रक तथा कन्टेनर आएका थिए । सिमेन्टदेखि साइकल, गाडीका पार्टस् तथा खाद्यान्न, प्याज, फलफूलका गाडी छोडे पनि भारतीय नाकाका भन्सारहरुले पेट्रोलियम पदार्थ भएका ट्यांकर छोडेका छैनन् ।

कैलाली नाकाबाट आज साँझ इन्धनका नाममा एउटा ग्यास बुलेट नेपाल प्रवेश गरेको छ ।
विराटनगर नाकामा भने नेपाल भारत दुईतर्फका भन्सार अधिकृतहरुले पाँच बुँदे सहमति गरि आजैदेखि आपुर्ति सहज गर्ने बताएका छन् । तर, यो नाकाबाट पनि अहिलेसम्म इन्धन बोकेका गाडीले प्रवेश पाएका छैनन् ।

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment