उपत्यका बाहिरका विमानस्थलमा १० दिन मात्र पुग्ने हवाई इन्धन बाँकी

a


आश्विन १७, २०७२- दशैंसम्मलाई पुग्ने हवाई इन्धन रहेको बताउँदै आएको आयल निगमले उपत्यका बाहिरका ६ वटा विमानस्थलमा कम्तीमा पनि एक सातालाई पुग्ने हवाई इन्धन रहेको बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई इन्धन डिपोका अनुसार, उपत्यका बाहिरका विमानस्थलमा हवाई इन्धनको मात्रा तुलनात्मक रूपमा कम भएपनि समस्या आइनहाल्ने भनेको छ । ‘आन्तरिक उडानलाई समस्या हुँदैन, कमी भएकामा काठमाडौंबाट पनि आपुर्ती गर्न सकिने छ,’ डिपो प्रमुख प्रदीप यादवले भने ।

उनका अनुसार, धनगढी विमानस्थलमा १० दिनलाई पुग्ने इन्धन छ । ‘त्यहाँ दैनिक बढीमा यती र बुद्धका दुइटा उडान हुने गरेका छन् । कुनै दिन बुद्धको मात्रै उडान हुने गरेको छ,’ उनले भने, ‘दैनिक ५/६ वटा उडान भइरहेको नेपालगञ्जमा सबैभन्दा बढी हवाई इन्धन छ ।’

कर्णाली र बाजुरामा चार्टर उडान समेत हुने त्यहाँ एक महिनालाई पुग्ने इन्धन मौज्दात छ । त्यसैगरी मध्यपश्चिमका कर्णाली भेगमा कार्गो उडान हुने सुर्खेतमा १० दिनलाई पुग्ने इन्धन रहेको छ । दैनिक ४ वटा हाराहारी उडान हुने भैरहवामा एक साताकालागि पुग्ने इन्धन रहेको डिपोले जनाएको छ । चितवन, सिमरा, जनकपुर र भद्रपुर विमानस्थलमा आयल निगमको इन्धन डिपो छैन् । यी चारवटा सहरबाट हुने उडानले काठमाडौंबाट भरेको इन्धनले पुर्ती गर्छन् । त्यसैगरी माउन्टेन फलाइटको उडान भर्ने जहाजले पनि काठमाडौंबाटै भरेको इन्धनले पुर्‍याउँछन् । उता दैनिक ९/१० वटा उडान हुने विराटनगरमा पनि १० दिनकालागि पुग्ने इन्धन रहेको छ भने हिमालपारीका जिल्लामा समेत उडान हुने पोखरामा १० दिनलाई पुग्ने इन्धन रहेको डिपो प्रमुख यादवले बताए ।

‘अहिलेसम्म आन्तरिक उडानमा इन्धन अभावको समस्या आएको छैन,’ यादवले भने, ‘यदि आइहाले पनि काठमाडौंबाट भरेको इन्धनले जहाज फर्काउन सकिन्छ ।’ उनले भद्रपुर जस्तो टाढा रहेको विमानस्थलमा डिपो नरहेको उल्लेख गर्दै आन्तरिक उडान प्रभावित नहुने दाबी गरे । यसैबीच शुक्रबार इन्धन अभाव भएपछी नेपाल वायुसेवा निगमको मलेसिया उडान स्थगित भएको थियो । डिपो प्रमुख यादवले उक्त उडान इन्धन अभावको कारण नभई निगमकै कारण रद्द भएको बताए । ‘हामीलाई शुक्रबार २० हजार लिटर मात्रै मागिएको थियो । त्यो इन्धनले दोहो उडान भएछ । मलेसियाकालागी मागिएकै थिएन,’ उनले भने ।

यसैबिच नेपाल वायु सेवा निगमले आफ्ना उडानकालागि दिल्लीबाट पनि इन्धन ल्याउन थालेको छ । ट्ंयाकीमा ल्याएको इन्धन नेपाल आयल निगमले डिफ्यूलीङ गरीदिन थालेको छ । यादवका अनुसार, शनिबारदेखी निगमका जहाजको इन्धन डिफ्यूलीङ गरीन थालिएको हो । ‘आइतबार साँझसम्म ४ पटक जहाजले ल्याएको तेल डिफ्यूलिङ गरी अर्को जहाजमा हालिदिन पनि थालेका छौं, यस्को शुल्क इन्धनको प्रति लिटरको १० प्रतिशत आयल निगमले लिने गरेको छ,’ यावदले भने । हाल आयल निगमले आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको प्रति लिटर १ सय १८ र अन्तराष्ट्रिय उडानमा प्रयोग हुने इन्धनको १ सय ३० रुपैयाँ हाराहारी लिने गरेको छ ।

यसैबिच विमानस्थलमा रहेको निगमको डिपोले नाकावन्दी यता दैनिक ५० हजार लिटर हाराहारी इन्धन बिक्रि गरीरहेको छ । सामान्य अवस्थामा यस्ले दैनिक ३ लाख लिटर हाराहारी हवाई इन्धन बिक्रि गथ्र्यो । तर यतिबेला अन्तराष्ट्रिय उडानकालागी हवाई इन्धन बिक्रि राकिएको छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment