a
![]() |
काठमाडौं– विषेश अदालतले म्याच फिक्सिङको अभियोगमा पक्राउ गरेका खेलाडीलाई धरौटीमा रिहा गर्ने तयारी गरेको छ ।
विषेश अदालतले उनीहरुसँग आज धरौटी माग गरेको र सो धरौटी तिर्नेवित्तिकै उनीहरु रिहा हुने विषेश अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार अदालतले अञ्जान केसी र रितेश थापा ५–५ लाख, सागर थापासँग १ लाख ५० हजार, सन्दीप राई विकाससिंह क्षेत्रीसँग ५०–५० हजार माग गरेको छ ।
म्याच फिक्सिङको अभियोगमा पक्राउ खेलाडीहरुविरुद्व आइतबार विषेश अदालतमा मुद्दा दायर गरिएको थियो ।
उनीहरुविरुद्व विषेश सरकारी वकिल मार्फत विषेश अदालतमा मुद्दा दायर गरिएको हो ।
उनीहरुविरुद्व राज्यविरुद्वको अपराधको ३–१ दफा अनुसार मुद्दा दायर गरिएको भएपनि उनीहरुलाई धरौटीमा छाडिएको हो । सो दफामा अनुसार खेलाडी अदालतबाट दोषी प्रमाणित भए सिधै जन्मकैदको व्यवस्था छ ।
म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले गत असोज २७ गते कप्तान थापा सहित रितेश थापा, सन्दिप राई, पुर्व खेलाडी विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुले म्याच फिक्सिङ गरी नेपाली फुटवल टिमलाई हराउँदै मोटो रकम लिएर खाने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको थियो ।
a
![]() |


0 comments:
Post a Comment