जनताको दु:खले प्रधानमन्त्री दुखी

a


कार्तिक २५, २०७२- प्रधानमन्त्री केपी ओलीले देशले अहिले भोगिरहेको कठिनाई र आम देशबासीको दु:ख कष्टप्रति अत्यन्त संवेदनशील र दु:खी रहेको बताएका छन् । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा प्रधानमन्त्रीले ओलीले शुभकामना सन्देश दिँदै आन्तरिक कठीनाईका बाबजुद सांस्कृतिक पर्व तिहार मनाइरहेको उल्लेख गरेका छन् ।

‘देशले अहिले भोगिरहेको कठिनाई र आम देशबासीले भोगिरहेको दु:ख कष्टप्रति म अत्यन्त संवेदनशील र दुखी छ’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘यस्तो परिस्थितिमा पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइले देखाउनु भएको धैर्य र संयमको सम्मान गर्दै दिपावलीको शुभकामना व्यक्त गर्दछु ।’

हालै जारी भएको नयाँ संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबैको एकता अनिवार्य रहेको ओलीले उल्लेख गरेका छन् । ‘संविधान जारी भइसकेको परिस्थितिमा अब हामीले देशलाई आर्थिक समृध्दिको दिशामा अगाडि बढाउन आवश्यक छ,’ ओलीले भनेका छन्, ‘त्यस निमित्त हामी सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’

यस्तै, नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले पनि तिहारको शुभकामना सन्देश दिँदै अभाव र कठिन परिस्थितिमा तिहार मनाउनु परेको उल्लेख गरेका छन् । ‘तराई–मधेशको आन्दोलन र छिमेकी मित्रराष्ट्र भारतबाट भएको नियन्त्रित आपूर्तिले यसपटक अभावका बीचमा तिहार मनाउनु परेको छ,’ कोइरालाको सन्देशमा भनिएको छ, ‘अभावका बीचमा पनि मुस्काउँदै आपसी सद्भाव र भातृत्व कायम राख्नसक्ने सहनशील स्वभाव र धैर्यलाई हामीले गुमाएका छैनाैं ।’

सभापति कोइरालाले कांग्रेससहित व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरु समस्याको समाधान आपसी संवाद, सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट गर्न प्रतिबद्ध रहेकोले यो अवस्था छिट्टै समाधान हुने विश्वास गरेका छन् ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment