बालुवाटारबाटै भारतीयले पैसा बाँडेको ओलीको दाबी

a


प्रधानमन्त्री केपी शर्मा ओलीले अदृश्य शक्तिले नेपालको स्थिति भड्काइरहेको बताएका छन् । ओलीले अहिलेको स्थिति सिर्जना गर्न पैसा बाँडिएको पनि दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नागरिक अगुवाहरूको टोलीसँग शनिबार भएको भेटमा ओलीले प्रधानमन्त्री निर्वाचनमा बालुवाटारबाटै पैसा बाँडिएको दाबी गरेका हुन् ।



‘हामी कञ्चनजंघा हलमा बसिरहेका थियौँ । प्रधानमन्त्री त्यहीँ आउनुभयो,’ भेटमा सहभागी जनजाति महासंघका उपाध्यक्ष दण्डु शेर्पाले ओलीको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘कुराकानीका क्रममा उहाँले यो स्थिति सिर्जना गर्न उतापट्टिको रुममा (औँलाले देखाउँदै) बसेर हिन्दीमा बोल्ने, नेपाली बोल्न नजान्नेले सुटकेसका सुटकेस ल्याएर पैसा बाँडे भन्नुभयो ।’ प्रधानमन्त्री ओलीले बाह्य शक्तिले स्थिति प्रतिकूल बनाउन खोजेको पनि बताएका थिए ।



‘अदृश्य शक्तिले स्थिति भाँडिरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘नेपाली जनताभन्दा पनि बाहिरका शक्तिले भाँडेको देखिन्छ ।’ प्रधानमन्त्री ओलीले नयाँ संविधानको पूरै भारतले विरोध नगरेको पनि बताए । भारतमा विभिन्न पक्ष रहेको र धेरैजसोले समर्थन गरिरहेको उनको भनाइ थियो ।



‘भारतले विरोध गर्‍यो भनिरहेका छौँ । एउटा भारतले विरोध गरेको छ भनेर पूरै भारत बुझ्न हुन्छ ? बिजेपी भारत छ । कांग्रेस आई भारत छ । ‘र’ भारत छ । कर्मचारी भारत छ । सबैले विरोध गरेका छैनन् । धेरैले समर्थन गरेका छन्,’ भेटमा प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘उहाँको आशय भारतीय जनता पार्टीबाहेकले समर्थन गरेका छन् भन्ने थियो ।’ प्रधानमन्त्री ओलीले सयमा सय सहमति सम्भव नभएको पनि बताए । ‘सबै–सबै सहमति कहाँ हुन्छ ? भारतमै छैन,’ ओलीको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘बिजेपी र कंग्रेस आईमै सहमति छैन । डेमोक्रेसीमा एकमत हुँदैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment