भारतले फेरि खुलायो सीमा पारि मेस

a


वीरगन्ज – वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना बसेर सीमा अवरोध गरिरहेका मधेसी मोर्चाका नेता–कार्यकर्तालाई खाना खुवाउन रक्सौलमा भारतीयले पनुः निःशुल्क मेस सञ्चालनमा ल्याएका छन् ।



गत सोमबार आन्दोलनमा प्रहरीको गोलीबाट भारतीय युवक आशीष कुमारको मृत्यु भएपछि भारतीयले आन्दोलनकारीका लागि सञ्चालन गर्दै आएको मेस बन्द गरेका थिए । मेस बिहीबार बेलुकादेखि फेरि सञ्चालन गरिएको हो ।

गत असोज ७ गते नाकाबन्दी सुरु भएकै दिनदेखि नाकाबन्दी र धर्नामा बसेका आन्दोलनकारीलाई दुवै छाक खाना खुवाउन रक्सौलका व्यापारी महेश अग्रवालले मेस सञ्चालन गरेका हुन् । तीन मेस बन्द भएपछि मोर्चाका नेताले व्यापारी अग्रवालालाई भेटेर पुनः सञ्चालन गरिदिन अनुनय गरेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा क्रान्ति शाहको खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment