a
![]() |
काठमाडौं – भारतको सरकारले नेपालमा लगाएको नाकाबन्दीप्रति सत्तारुढ भारतीय जनता पार्टी र सो पार्टीसँग आबद्द राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले कडा आलोचना गरेको छ ।
भारतीय जनता पार्टीका अध्यक्ष अमित साह र आरएसएसका पदाधिकारीहरु सहभागी भएको एउटा बैठकमा सरकारले नेपालमा देखाएको रबैयाप्रति आरएसएसले गम्भीर चासोसहित प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको भारतको पत्रिका द हिन्दूले जनाएको छ । बैठकमा आरएसएस र भाजपाका संयोजक तथा महासचिवसमेत सहभागी थिए ।
आरएसएसको नेपाल शाखाका प्रतिनिधि, हिन्दू स्वयंसेवक संघका वेद प्रकाश र सोही संगठनका अर्का दोस्रा नेता रेवत कुमार भाजपाकै नेपाल प्रकोस्ट अमित कुमारलगायतको सहभागिता रहेको सो बैठकमा सरकारको नेपाल नीतिप्रति आलोचना गरिएको थियो, आजको राजधानी दैनिकमा खबर छ ।
a
![]() |

0 comments:
Post a Comment