तिहारका लागि बजारमा फूल नै आएन

a

कार्तिक २५, २०७२- रामेछापको दक्षिणी भेगमा परेको लामो खडेरीले यस वर्षको तिहारमा सयपत्रि र मखमली फूल बजारमा आएन ।

गत वर्ष लक्ष्मीपुजाका दिन ल्याएको फुल बिहानभर बजारमा डुलाउँदा पनि बिक्री भएको थिएन । तर यो वर्ष बजारमा फूल नै आइपुगेन । मन्थली बजारमा लक्ष्मीपुजाका लागि बिहानै देखि फुल खोज्नेहरु त्यसै फर्किएका थिए ।

केही स्थानीय बजार भन्दा धेरै पर रणजोर खोलामानै फुल किन्न पुगेका थिए । सिमित मात्रामा आएको उक्त फूल महंगो भएको स्थानीयको गुनासो छ । प्रति केजि ४ सय रुपैयाँमा निम्न गुणस्तरको सयपत्रिको कारोवार भएको स्थानीय लालवहादुर श्रेष्ठले बताए ।

मन्थली आसपाल खडेरी परेपछि फूलका बोट फक्रन नपाउँदै सुकेका थिए । हिउँदे बालीनाली समेत यसवर्ष स्वाहा भएको छ ।

प्रयाप्त मात्रामा फूल बजारमा नआएपछि स्थानीय बासिन्दाहरु सयपत्रिको विकल्पमा तयारी कपडाको माला खरिद गरेर लक्ष्मीपुजाको तयारी गरीरहेका छन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment