केरुङबाट २६ ट्यांकर पेट्रोल भित्रियो

a

कार्तिक २५, २०७२- चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ बुधबार मात्रै २६ ट्यांकर भित्रिएको छ । ती ट्यांकरबाट नेपाल आयल निगमले २ लाख ७० हजार ६६ लिटर नेपाल भित्र्याएको रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख दीर्घबाबु सुवेदीले जानकारी दिए ।

यससँगै अब ३ लाख ७४ हजार ३ लिटर पेट्रोल चीनको केरुङबाट ल्याउन बाँकी छ । चीनले अनुदानमा दिएको एक हजार मेट्रिकटन पेट्रोलियम पदार्थ दिने घोषणा गरेको थियो । आइतबार एक दिनमै २७ वटा ट्यांकरले २ लाख ४८ हजार लिटर रसुवागढी नाकाबाट भित्र्याएका थिए । हालसम्म जम्मा ९७ वटा ट्यांकर पेट्रोलियम पदार्थ ओसारिसकेका छन् । नेपाली ट्यांकरले चिनीयाँ दूतावासबाट चालक, सहचालक र ट्यांकर नम्बर चीनको केरुङ छिर्ने अनुमति दिएपछि ती ट्यांकरले नेपाल आयल निगम मार्फत पेट्रोलियम पदार्थ ल्याएका हुन् । ल्याइएका पेट्रोलियम पदार्थ युरो स्ट्यान्र्ड चार रहेको आयल निगमले जनाएको छ । तिहारपछि निगमले एकै लटमा सबै इन्धन नेपाल भित्र्याउने छ ।

दुई दिन लगाएर ल्हासा हुँदै चीनले केरुङ पेट्रोल ल्याएको हो । मधेस आन्दोलनले पेट्रोलियम पदार्थ नेपाल भित्र्न सहज नभएपछि निगमले इन्धन खरिद सम्झौता गरेर चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी गरेको छ । चीनबाट यसरी पेट्रोलियम पदार्थ ल्याएको पहिलो हो । केही स्थानमा सडक साँघुरो भएकाले १२ हजार लिटर क्षमता भएको नेपाली ट्याङकरले ७ देखि ९ हजार लिटरका दरले पेट्रोल ढुवानी गरिहेका छन् । उक्त अनुदानको पेट्रोलियम पदार्थ ल्याउादा रसुवा भन्सारलाई नेपाल आयल निगमले तिर्नुपर्ने ३ करोड ६४ लाख रुपैयाँ राजश्व जनता बैंक मार्फत ड्राफ्ट गरेर पठाई भन्सार जाँच पास गरि पेट्रोल काठमाडौं पठाइएको हो ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment