१५ दिनभित्र ५० लाख सिलिण्डर ग्यास भित्र्याउन सकिने व्यवसायीको दाबी

a


चितवन – भारतीय नाकाबन्दीका कारण इन्धन र ग्यासको चरम अभाव भइरहेका बेला एनेकपा माओवादी निकट व्यापारीको केन्द्रीय सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले सरकारले सहयोग गरे चीनबाट ग्यास र इन्धन भित्र्याउन सकिने जनाएको छ ।

सङ्गठनको सौराहामा सम्पन्न केन्द्रीय भेलाको निर्णय यहाँ सार्वजनिक गर्दै सरकारले सहयोग गरे १५ दिनमा ५० लाख सिलिण्डर चीनबाट ल्याउन सकिने उनीहरुले दाबी गरेका हुन् ।

सङ्गठनका अध्यक्ष कृष्ण आचार्यले सरकारले निजी क्षेत्रलाई चीनबाट ग्यास ल्याउने वातावरण तयार पारे व्यवसायी ग्यास ल्याउन तयार रहेको बताए ।

“सडक पूर्वाधार, सुरक्षा र दुई देशबीचको व्यापार सम्झौता भएमा ग्यास आपूर्ति सहज हुनेछ । सरकार अझै पनि चीनबाट ग्यास ल्याउने विषयमा तदारुकताका साथ लागेको छैन” उनले भने।

उनले त्यहाँका व्यवसायीसँग समन्वय भइरहेको र उनीहरु सकारात्मक रहेकाले अहिलेको अभावलाई थेग्न सरकारी सहयोग आवश्यक रहेको बताए । “मूल्य केही महङ्गो पर्न सक्छ सहजीकरण हुन्छ” आचार्यको भनाइ थियो ।

बजारमा औषधिको समेत अभाव रहेको प्रसङ्गमा आचार्यले नेपालमा चार सय प्रकारका औषधि मात्रै चाहिने बताउँदै तर बजारमा चार हजार प्रकारका औषधि रहेकोले समस्या भएको बताए ।

पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष खेम भण्डारीले नेपाललाई आगामी छ महिनाका लागि खाद्यान्नको कुनै समस्या नरहेको जानकारी दिए । केही व्यापारीले कालोबजारी गरेको र सामान लुकाएको बताउँदै भण्डारीले त्यसमा सबै व्यापारीलाई नमुछ्न पनि अनुरोध गरे ।

उनले नेपालमा भर्खरै उत्पादन हुँदै गरेको धान भारतीयले किनेर लगेर यहाँ अभाव सिर्जना गर्न सक्ने भन्दै सचेत रहन सबैसँग आग्रह गरे ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment