a
![]() |
चितवन – चितवनको भरतपुरस्थित मिलन चोकमा मोटरसाइकल र एम्बुलेन्स ठक्कर खाँदा एकजनाको मृत्युभएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
भरतपुरबाट टाँटीतर्फ जाँदै गरेको ना२च ३३४९ नंको एम्बुलेन्स र विपरीत दिशातर्फ गइरहेको ना२३प १३२८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भरतपुर– ८ निवासी २० वर्षीय राजकुमार भट्टको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । अस्पतालमा बिरामी पु¥याएर फर्किंदै गरेको एम्बुलेन्स र मोटरसाइकल दुर्घटनामा परेको हो ।
a
![]() |


0 comments:
Post a Comment