प्रहरी र आन्दोलकारीबीच झडप, २ दर्जन कार्यकर्ता पक्राउ

a


सप्तरी – पूर्वपश्चिम राजमार्ग सडकखण्डमा गएराति राजमार्ग अवरोध गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी दुई दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने करिब दुई दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् ।

सप्तरीको भारदहस्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोर्चाका कार्यकर्ताले सडक अवरोध गर्न धर्नामा बसेका बेला प्रहरीले बन्द खुलाउन लाठी चार्ज गर्दा दुई दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएको आन्दोलन परिचालन समितिका जिल्ला संयोजक सुनिल झाले बताए । घाइतेहरुको टाउको फुटेको र घाइते सबैको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको बताइएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी सडकखण्डमा पनि गएराति धर्नामा बसेका करिब दुई दर्जन मोर्चाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

पक्राउ पर्नेमा पूर्व मन्त्री एवम् फोरम लोकतान्त्रिकका पूर्व महासचिव मृगेन्द्र सिंह यादव, फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, सद्भावना पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र चौधरी, युवा नेता दिनेशकुमार यादव, विद्यार्थी मञ्च केन्द्रीय अध्यक्ष किशोरकुमार यादवलगायत दर्जनौँ आन्दोलकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।

यसैबीच गएराति सप्तरी प्रहरीले राजमार्गमा सुरक्षा दिई करिब एक हजार २५० सवारी साधनलाई गन्तव्यसम्म पु¥याउन सफल भएको प्रहरी उपरीक्षक भीम ढकालले बताए ।

पूर्वबाट पश्चिमतर्फ ६०० र पश्चिमबाट पूर्वसम्ममा ६५० साना ठूलो गरी एक हजार २५० सवारी साधनलाई गन्तव्यमा पु¥याएको प्रहरीले जनाएको छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment